ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ फागुन ७ गते शुक्रबार बाँडफाँड भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार कार्यालयमा बाँडफाँड गरिएको आईपीओ ३ लाख २५ हजार १६५ जना आवेदकले प्राप्त गरेका छन् । गोलाप्रथाबाट बाँडफाँड गर्दा २ जनाले ११ कित्ता तथा ३ लाख २५ हजार १६३ जना आवेदकले १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् ।
हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९७१ जनाले आवेदन गरेकामा सदर आवेदक १३ लाख १९ हजार ५९ जनलाई गेलाप्रथामा सहभागि गराइएको हो । ती आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। कम्पनीले बिक्रीमा ल्याएको आइपीओको यो ६.९८ गुणा धेरै हो।
ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij