२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

महिला लघुवित्तले पायो ४ करोडको आईपीओ जारी गर्न अनुमति

महिला लघुवित्तले पायो ४ करोडको आईपीओ जारी गर्न अनुमति

2.3K
Shares

काठमाडौं– हिला लघुवित्तले साधारण शेयर (आईपीओ) निष्काशनको अनुमति पाएको छ । लघुवित्तले धितोपत्र बोर्डबाट माघ ८ गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो ।कम्पनीले प्रति शेयर अंकित मूल्य १०० दरमा ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले आईपीओ निष्काशन तथा विक्री प्रबन्धका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij