काठमाडौं – प्रिमियर इन्स्योरेन्सले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट चुक्ता पूँजीको ११.०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस २७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बीमा समिति तथा आगामी साधारण सभाबाट स्वीकृत भएपश्चात सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij