२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अपि पावरको अवितरित हकप्रद भोलिदेखि लिलामीमा

अपि पावरको अवितरित हकप्रद भोलिदेखि लिलामीमा

1.9K
Shares

काठमाडौं – अपि पावर कम्पनी लिमिटेडले भोलिबाट अवितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ४६ हजार २ सय १८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले पौष ६ गतेबाट पौष १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले सिद्धार्थ क्यापिटल लिमिटेड, नक्साल काठमाडौँ तथा सिद्धार्थ बैंक लिमिटेडका विराटनगर, विरगंज, जनकपुर, विर्तामोड, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घोराही, सुर्खेत, नेपालगञ्ज, महेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij