२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्राइम लाइफ इन्स्योरेन्स एनसिएचएलमा आबद्ध

प्राइम लाइफ इन्स्योरेन्स एनसिएचएलमा आबद्ध

2K
Shares

काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल क्लियरिङ्ग हाउस (एनसिएचएल)को प्रणाली प्रयोग गरी डिजिटल माध्यमको भुक्तानी सेवा थालेको छ।

डिजिटल भुक्तानी सम्झौता पत्रमा प्राइम लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे।

प्राइम लाइफ इन्स्योरेन्सले आन्तरिक भुक्तानी प्रणालीलाई कनेक्ट आइपिएस इपेमेन्ट प्रणालीसँग जोडेपछि इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, लगायत लगानी ट्रान्सफर सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ।

साथै प्राइम लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइनमार्फत वा ५ हजार भन्दा बढी बैंक शाखाहरुबाट सजिलै तिर्न सक्नेछन्। यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij