२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाईटेड इदीमर्दीको आईपीओ सूचीकृत

युनाईटेड इदीमर्दीको आईपीओ सूचीकृत

3.7K
Shares

काठमाडौं– युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार सूचीकृत भएको छ ।
कम्पनीले मंसिर ३ गतेदेखि ७ गतेसम्ममा कुल निष्काशित शेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरु र र १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको ८ लाख १२ हजार ७३६ कित्ता शेयर सर्वसाधारणको लागि जारी गरेको थियो। जसमा आवेदन गरेकामध्ये ८१ हजार २६७ जनाले गोलाप्रथाबाट १० कित्ता र ६ जनाले ११ कित्ता शेयर प्राप्त गरेका थिए ।

कम्पनीले सर्वसाधारमा जारी गरेको कित्ता आईपी सहित कूल ४२ लाख कित्ता शेयर शुक्रबार धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा सूचीकरण गरेको हो । कम्पनीको शेयर शुक्रबार नेप्सेमा सूचीकरण भएसँगै आइतबारदेखि कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ ।नेप्से र सम्बन्धीत कम्पनीबीच सूचीकरण सम्झौता भएको दोस्रो कारोबार दिनदेखि स्टक एक्सचेञ्जमा कारोबार खुल्ने व्यवस्था रहेको छ ।

नेप्सेले कम्पनीको शेयर कारोबारका लागि युएमआरएच कारोबार संकेत प्रदान गरेको छ । अब कम्पनीको शेयर यसै कारोबार स्म्बिोलमा नेप्सेमा कारोबारमा आउनेछन् । पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ९८.७९ रूपैयाँ देखि अधिकतम २९६.३७ रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । यसअनुसार कम्पनीको पहिलो कारोबार ९८ देखि २९६ रुपैयाँसम्मको रेञ्जभित्र रहेर कारोबार हुनेछ ।

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १७ मा प्रधान कार्यालय रहेको यस कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई आरटिएस नियुक्त गरेको छ । यसअनुसार हाइड्रोपावर कम्पनीको शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य यसै क्यापिटल मार्फत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij