२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्राइम लाइफ इन्स्योरेन्सको बीमा शुल्क अनलाइनबाटै भुक्तानी गर्न सकिने

प्राइम लाइफ इन्स्योरेन्सको बीमा शुल्क अनलाइनबाटै भुक्तानी गर्न सकिने

2.2K
Shares

काठमाडौं – प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको बीमा शुल्क लगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ । कम्पनीले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) सँग कनेक्ट आइपिएस तथा एनसिएचएलआइपिएस लगायतको सेवाको लागि सम्झौता गरेको छ ।
उक्त सम्झौतामा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइ तथा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) का तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । यो सेवासँगै अब बीमितहरुले घरमै बसि बीमा शुल्क लगायतको भूक्तानी गर्न सक्नेछन्,भने अन्यसम्वद्ध पक्षहरुले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमा आउनु नपर्ने भएको छ ।
ग्राहकहरुलाई छिटो, छरितो सहज तथा विश्वसनिय सेवा प्रदान गर्दै आइरहेको प्राइम लाइफले थप सुविधा स्वरुप घरमै बसि सुरक्षित रुपमा भुक्तानीका विविध सेवा सुविधा प्राप्त गर्न सक्ने भएका छन् ।
ग्राहक मैत्रि सेवामा जोड दिँदैआइरहेको कम्पनीले यो सेवा सँगै ग्राहकहरुमा थप सन्तुष्टि बढ्ने विश्वास गरेको छ । कम्पनीका ग्राहकहरुले इसेवा, फोनपे, खल्ति जस्ता एप्सबाट समेत घरमै बसि अनलाइन सेवामार्फत बीमा शुल्क लगायतको भुक्तानी गरिरहेकोमा कनेक्ट आइपिएस तथा एनसिएचएलआइपिएस मार्फत समेत बीमा शुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराइले हालको विषम परिस्थिति ग्राहकहरुमा डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन सकिने जानकारी गराउंदै आगामी दिनमा समेत कम्पनीले ग्राहकहरुमा थप सेवा सुविधा प्रदान गर्दै जानेमा जोड दिने अवगत गराए ।
यस कम्पनीले देशभरमा विभिन्न १५० भन्दा बढी स्थानहरुबाट छिटो तथा सहज जीवन बीमा सेवा उपलब्ध गराउंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij