२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साहस उर्जाले एक करोड पाँच लाख कित्ता आईपिओ निष्काशन गर्दै

साहस उर्जाले एक करोड पाँच लाख कित्ता आईपिओ निष्काशन गर्दै

2.4K
Shares

काठमाडौं – साहस उर्जाले एक अर्ब पाँच करोड रुपैयाँ बराबरको एक करोड पाँच लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनको लागि यही मंसिर २४ गते दर्ता गरेको छ । एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको उक्त आईपिओ निष्काशन छिट्टै गरिने कम्पनीले जनाएको छ ।

सोलुखुम्बुमा ८६ मेगावाटको जल विद्युत परियोजना निर्माण गर्दै गरेको कम्पनीले ठूलो मात्रामा आईपिओ निष्काशन गर्न लागेको छ । आईपिओ आयोजना प्रभावित तथा सर्वसाधारण गरी दुई भागमा विभाजन गरेर वितरण गरिनेछ ।

सेयर संरचना अनुसार ६० प्रतिशत संस्थापक शेयर र ४० प्रतिशत साधारण शेयर हुनेछ । कूल दुई अर्ब ६२ करोड ५० लाख पुँजि पुर्याउने लक्ष्यका साथ आईपिओ जारी गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij