२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

मंसिर १७ बाट चन्द्रागिरी हिल्सले आईपीओ बिक्री खुला गर्ने

मंसिर १७ बाट चन्द्रागिरी हिल्सले आईपीओ बिक्री खुला गर्ने

2.7K
Shares

काठमाडौं– चन्द्रागिरी हिल्सले यही मंसिर १७ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रको लागि ३ लाख ६ हजार ८१९ कित्ता सेयर जारी गर्दैछ । चन्द्रागिरी ले १ सय रुपैया अंकित मूल्यमा ३० करोड ६८ लाख १९ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले जारी गर्न लागेको उक्त आईपीओमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयमा आईपीओ बिक्री नभएमा ढिलोमा पुस१६ गतेसम्म आईपीओ बिक्री हुने कम्पनीले जनाएको छ । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन पाउँनेछन ।

यसमा आयोजना प्रभावित क्षेत्र काठमाडौँ जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं ३,४,६ र ७ (साविक थानकोट गाविसका सम्पूर्ण वडाहरु) तथा साविकको महादेवस्थान गाविसका वडा नं ३,४,५,६,७ र ८ का बासिन्दाले आवेदन दिन पाउँनेछन् । साथै, मकवानपुर जिल्ला अन्तर्गतको थाहा नगरपालिका वडा नं ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ (साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु) मा स्थायी बसोबास गर्ने नेपाली नगरिकले आवेदन दिन पाउनेछन् । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्न कार्तिक २८ गते अनुमति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij