२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिभिल बैंकको संस्थापक सेयर लिलामीमा, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

सिभिल बैंकको संस्थापक सेयर लिलामीमा, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

2.1K
Shares

काठमाडौं– सिभिल बैंकले आजबाट ८ लाख ६७ हजार ६ सय ४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनी, अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन । यसमा न्यूनतम १ सय रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
बैंकले संस्थापक सेयरधनीको नाममा रहेकोे यो सेयर बिक्रीमा ल्याएको हो ।
लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij