२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

नेप्से ४ अकंले घट्यो

नेप्से ४ अकंले घट्यो

1.5K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको पाँचौँ दिन आज (बिहिबार) घटेको छ । आज नेप्से ४ अंकले घटेर १ हजार ४५८ दशमलव ०४ विन्दुमा कायम भएको छ ।

नेप्सेका अनुसार आज १८८ कम्पनीको ४९ लाख ६७ हजार ४०३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९८ करोड १७ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।

यो साता लगातार पुनर्बिमा कम्पनीको सेयर सर्वाधिक कारोबार हुँदै आएको छ । लगानीकर्ता बिहिबार पनि नेपाल पुनर्बिमा कम्पनीमा झुमीएका छन् । कम्पनीको सेयर बुधबार २३ करोड १२ लाख ९४ हजार रुपैयाँको किनबेच भएको छ । यस्तै नेको इन्स्योरेन्स, शिवम सिमेन्ट, एनआइसी एशिया बैंक र नेपाल लाइफ इन्स्योरेन्स धेरै कारोबार हुने शिर्ष ५ कम्पनीमा अटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij