२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सप्तकोशी डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत

सप्तकोशी डेभलपमेण्ट बैंकको बोनस शेयर सूचीकृत

2.3K
Shares

काठमाडौं -सप्तकोशी डेभलपमेण्ट बैंकको बोनस शेयर बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकको ४ करोड ७२ हजार २६७ दशमलव ०३६८ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यससँगै बैंकको साधारण सभाका लागि बुकक्लोज गरेको अघिल्लो दिनसम्म अर्थात (२०७६ चैत १६ गतेसम्म) कायम शेयरधनीले दोस्रो बजारमा उक्त बोनस शेयर कारोबार गर्न सक्नेछन्।

बैंकले अघिल्लो आव २०७५।७६ को नाफाबाट प्रस्ताव गरी गत असार २१ गते १२ औं वार्षिक साधारण सभाबाट चुक्ता पूँजी ७८ करोड ७१ लाख ११ हजार रुपैयाँको ६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। सोही बोनस शेयर नेप्सेमा बुधवार सूचीकृत भएको हो ।

बोनस शेयरपछि बैंकको चुक्ता पूँजी ८३ करोड ४३ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij