२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएफसीमा नेपालले ४२ करोडको शेयर थप्‍ने

आइएफसीमा नेपालले ४२ करोडको शेयर थप्‍ने

1.4K
Shares

काठमाडौं– नेपाल सरककारले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम(आइएफसी)मा पूँजी थप गर्ने भएको छ। आइएफसीले पुँजी बढाउने निर्णय गरेपछि सरकारले अहिलेको मौजुदा भोटिङ राइट्स तथा पुँजी अनुपातलाई कायमै राख्नका लागि थप गर्ने भएको हो।

पुँजी थप गर्नका लागि मन्त्रिपरिषदले अर्थमन्त्रालयलाई अनुमति दिइसकेको छ। विश्व बैंकको निजी क्षेत्रका लागि लगानी गर्ने यो निकायमा नेपालको ०.०३ प्रतिशत लगानी छ। आइएफसीको कुला पुँजी २ अर्ब ५६ करोड ६७ लाख १९ हजार अमेरिकी डलर रहेको छ।

नेपालले अब ३ हजार ५५८ कित्ता शेयर किन्ने छ। प्रतिशेयर १ हजार डलर पर्ने यसमा नेपाल सरकारले ४२ करोड बढी लगानी गर्नुपर्ने छ। यो लगानीपछि नेपालको भोटिङ राइट ०.०१ ले बढ्छ। सरकारले गएको वर्ष पनि विश्व बैंकमा पनि लगानी थप गरेको थियो।

शेयर लगानीकै आधारमा भोटिङ अधिकार हुने यसमा नेपालको भोटिङ अधिकार भने १ हजार ६३७ थियो। जुन कूल भोटिङ राइट्सको ०.०६ प्रतिशत हो। अब यस्तो प्रतिशत बढेर ०.०७ प्रतिशत हुने छ।

आइएफसीमा सबैभन्दा धेरै अमेरिकाको २२ प्रतिशत लगानी छ भने उसको भोटिङ अधिकार पनि २० प्रतिशत छ। नेपाल सरकारले यसरी लगानी गरेको रकम भने सन् २०२४ र २०२५ मा भुक्तानी गर्ने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij