काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गएको वर्ष १५ प्रतिशतले खुद नाफा बढाएको छ। आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्राइमासको वित्तीय विवरणअनुसार कम्पनीले २० करोड १० लाख नाफा आर्जन गरेको छ।
कम्पनीले अघिल्लो वर्ष १७ करोड ४२ लाख रुपैयाँ आर्जन गेको थियो। प्रमियम संकलन घटेपनि कम्पनीले नाफा भने बढाउन सफल भएको छ। कम्पनीले गएको वर्ष खुद ५९ करोड प्रमियम संकलन गरेको छ। अघिल्लो वर्षको तुलनामा यो २६ प्रतिशतले न्यून हो।
१ अर्ब चुक्ता पुँजी पुर्याएको कम्पनीको जगेडा कोष ३१ करोवड पुगेको छ। तयस्तै १३ प्रतिशतले बढेर बीमा कोष ८९ करोड पुगेको छ। प्रतिशेयर आम्दानी १९.९३ रुपैयाँ रहेको कम्पनी शेयर नेटवर्थ २१९.७० रुपैयाँ रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij