२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन लाइफको जीवन बीमा कोषमा १६४ प्रतिशत बृद्धि

सिटिजन लाइफको जीवन बीमा कोषमा १६४ प्रतिशत बृद्धि

1.8K
Shares

काठमाडौँ — सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आ.व. २०७६/०७७ को चौथोे त्रैमासिक ( आषाढ मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमाकोष बलियो बनाउँदै सो मा १६४ प्रतिशतले वृद्धि गरेको छ। गत आषाढ मसान्तमा कम्पनीको जीवन बीमा कोष ६३ करोड ४८ लाख रुपैयाँ रहेकोमा यस आषाढ मसान्तमा सो रकम १ अर्व ६७ करोड ८८ लाख पुगेको छ।

यसका साथै कम्पनीले गत आ.व.को आषाढ मसान्तसम्ममा कुल बीमा शूल्क १ अर्व १६ करोड ५१ लाख रुपैयाँ संकलन गरेकोमा यस आ. व.को सोही अवधिमा १ अर्व ९६ करोड ८३ लाख कुल बीमा शुल्क संकलन गर्न सफल भएको बताएको छ।

यसअनुसार बीमा शूल्क आर्जन ६९ प्रतिशतले बढेको देखिन्छ। यो कम्पनीले जगेडा तथा कोषको आकार पनि २२ करोड ८६ लाखबाट ११७ प्रतिशतले बढाएर ४९ करोड ६१ लाखको उचाईमा पुर्याएको छ। साथै कम्पनीले लगानी र बीमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ३१ प्रतिशतको वृद्धी गरी ३३ करोड ८३ लाख पुर्याएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij