२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साधना लघुवित्तको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

साधना लघुवित्तको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

1.6K
Shares

काठमाडौं – साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्नपीले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज,नामसारी, रोक्का राख्ने लगाएतका काम कारवाहीका लागि मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।

यस कम्पनीले गत असार २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरि साउन २९ गते बाँडफाँट गरेको छ । उक्त आईपीओ धितोपत्र दोस्रो बजारमा भने हालसम्म सूचीकृत भएको छैन् ।

देशमा कोरोना संक्रमणका कारण भएको असहज परिस्थितिले सूचीकरणमा ढिलाई भएको कम्पनीको भनाई छ । यद्यपी आज भोलिभित्रै सूचीकरण भैसक्ने जानकारी भने कम्पनीले गराएको छ ।

यस कम्पनीमा संस्थापकतर्फ रू. १४ करोड ७० लाख र सर्वसाधारण तर्फ रू. ७ करोड ७ लाख ८० हजार शेयर पूँजी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij