काठमाडौं – रिलायबल लाइफ इन्सुरेन्सका ग्राहकले बीमा प्रिमियम तिर्न बैंक वा कार्यालय जान नपर्ने भएको छ। अब सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ।
सेलपे सेवाले रिलायवल लाइफ इन्सुरेन्ससँग बीमा प्रिमियमको डिजीटल भुक्तानीको लागि यस्तो सहकार्य गरेको हो। सहकार्य सम्झौतामा रिलायबल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे।
बीमा प्रिमियम तिर्नका लागि सेलपेमा आफ्नो खाता लिंक गरी सजिलै रकम तिर्न सकिने छ। यसका लागि सेलपेमा लगइन गरी बीमा अप्सनमा क्लिक गरेर रिलायबल लाइफ छनौट गर्नुपर्छ। आफ्नो पोलिसी नम्बर र जन्म मिति राखेर बीमा विवरण चेक गरेपछि देखाएको प्रिमियमको रकम पे बटन थिचेर आफ्नो बीमा प्रिमियम भुक्तानी गर्नुपर्छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij