देशको राजधानी काठमाडौंमा रहेको बुढानिलकण्ठ नगरपालिका आफैमा विविध विशेषताले भरिएको नगरपालिका हो । यहि नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नविन केसी वडाको विकास कै लागि जन्मेको भन्दा फरक नर्पला । शिक्षकहुँदै राजनीतिमा प्रवेश गरेका केसी आफ्नो क्षेत्रको विकास र निर्माणमा सधै सक्रिय हुन्थे । यहि सक्रियता देखेर स्थानियले उनलाई शिक्षकको पेशा त्याग्न लगाए जनप्रतिनिधि बनाए ।
सबैको प्रिय केसी स्थानिय निर्वाचनमा लोकप्रिय मतका साथ विजयी भए । तिन वर्षदेखी वडा अध्यक्षको जिम्मेवारीमा रहेका केसी वडावासीको हरेक दुःख–सुखमा साथ दिँदै आएका छन् । वडाको विकासमा स्थानीय र वडाको सहभागीतामा सम्पन्न गर्दै आएका छन् । जुन प्रभावकारी पनि भएको छ । विकासप्रेमी बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ का बडा अध्यक्ष नविन केसीसंग वडाको समग्र विकासका बारेमा अर्थ नेपालका लागि मनोज थापाले गरेको कुराकानीको सम्पादित अंश ।
तपाई वडा अध्यक्ष हुनु भन्दा पहिले वडाको अवस्था कस्तो थियो ?
वडामा पहिले सामजिक काम र विकास निर्माणका बारेमा स्थानियहरु अनविज्ञ थिए । कुन ठाउँमा कति बजेट आउछ भन्ने समेत जानकारी थिएन । जनताले स्थानिय स्तरमा भएका विकास निर्माणको काममा चासो र खबरदारी गर्ने गरेका थिएनन । एकदम सामान्य ढंगबाट चलेको थियो ।
तपाई आएपछि कस्तो परिर्वतन भए त ?
हामी आएपछि सामाजिक सचेतना कार्यक्रम सञ्चालन गरेपछि उहाँहरुमा विकास निर्माणको काममा चासो राख्न थाल्नु भएको छ । हामीले टोल सुधार समिति, स्थानिय क्लव, महिला समुहहरुलाई सक्रिय बनाएर उनीहरुसंग सहकार्य गर्दै विकास र निर्माणको काम गरिरहेका छौं । जुन प्रभावकारी पनि भएको छ । धेरै विकास र निर्माणका काम भएका छन् । अधुरो र अपुरा भएका योजनालाई पुरा गरेको छु । स्रोत र साधनले भ्याएसम्म वडाको विकासमा लागेको छु । सबैको साथ र सहयोगले वडामा परिर्वन हुने भएको हुँदा त्यस अभियानमा सक्रिय भएर लागेको छु । च्यासिण्डुल भन्दा तल उपकार टोलमा लामो समयदेखी बाटो बन्न सकेको थिएन । स्थानियसंगको साझेदारीमा अहिले राम्रो काम भएको छ । वडाले दिएको बजेट भन्दा बढि काम भएको छ । अन्य ठाउँमा पनि राम्रो काम भएको छ ।
तपाईले निर्वाचनमा गर्नु भएका प्रतिबद्धताहरु पुरा भए त ?
निर्वाचनको समयमा हामीले वडामा गर्ने सक्ने कामका मात्र प्रतिबद्धता जनाएका थियौ । ठुला– ठुला सपनाहरु र झुटको काम गरेनौं । हाम्रो वडालाई नमुना वडा बनाउनका लागि आवश्यक शिक्षा, स्वास्थ्य, सडक जस्ता पूर्वाधार विकासमा नै हाम्रो ध्यान केन्द्रीत थियो । जुन पुरा हुँदै गएको छ । धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्दै वडाको जनताका चाहना र आवश्यकता पुरा गर्दै आएका छौं । सार्वजनिक जग्गाको संरक्षण गर्दै विकास र निर्माणले सबैको हितमा प्रयोग गर्ने बनाएका छौं । सिमित स्रोत साधन भएपनि विभिन्न सार्वजनिक जग्गाहरुमा बृक्षारोपण गर्ने, पार्क निर्माण गर्दै आएका छौं ।
देशमा तिन तहको सरकार रहेको अवस्थामा जनताले स्थानिय सरकारको अनुभुति कति गर्न पाए ?
वडाबासीको हरेक दुःखसुखको बारेमा जानकारी राख्ने भएको हुँदा पनि स्थानिय तहको महत्व बढि छ । सिंहदरबार गाउँगाउँमा भन्ने मान्यतालाई स्थानिय तहले केहि हदसम्म भएपनि पुरा गरेको छ । पछिल्लो कोभिड –१९ को महामारीमा पनि जनताले स्थानिय सरकारसंग धेरै आशा र अपेच्क्षा राखेको पाइन्छ । स्थानिय सरकार भएपछि सबै काम गर्छ भन्ने धारणा रहेको पायौं । हामीले पनि विषम परिस्थितीलाई ध्यानमा राख्दै वडाले वडाबासीलाई गर्न सक्ने सहयोग गरेका छौं । स्थानिय संघसंस्थासंगको सहकार्यमा वास्तविक पीडितहरु समक्ष राहत पुरायौं । प्रत्येक टोलटोलमा सहयोग समिति गठन, परिचालन गरियो । हाम्रो स्रोत र साधनले भ्याएसम्म जनतामा सेवा सुविधा पु¥याउने प्रयास गरिरहेका छौं । हामी पनि नीति नियम मान्नु पर्ने भएको हुँदा जनताले सोचे जति सबै पुरा गर्न गाह्रो भयो ।

बुढानिकण्ठ नगरपालिकाको वडा नम्बर ६ के कुरामा फरक छ ?
हरेकको आ–आफ्नो योजना हुन्छन् । हाम्रो वडा समितिको साझा निर्णयबाट योजनाहरु बनाउने गर्दछौं । हरेक काम गर्दा छलफल गर्ने गरेका छौं । हामीले जे जति काम गछौं वडावासीले महसुश गर्ने गरि गरेका छौं । त्यो सानो नै किन नहोस् । स्थानियले अनुभुति गर्ने गरी काम गछौं ।
तपाई लोकप्रिय हुनुको कारण ?
हाम्रो काम भनेकै स्थानियलाई जगाउन र पारदर्शी ढंगबाट काम गर्ने हो । म राजनीति गर्न भन्दा पनि समाजसेवाका लागि आएको हुँ । त्यसैले जनताको सेवा नै मेरो मुख्य काम हो । जुन उद्देश्यले जनताले मलाई यो जिम्मेवारी दिनु भयो । त्यो पुरा गर्ने अभियानमा लागेको छु । जनताको घरदैलोमा पुगेर काम गरिरहेको छु । निष्पक्ष, पारदर्शी र इमान्दार भएर काम गरेको छु । आज सेवा वडाको काममा पार्टी वा समुह हेर्दिन । सबैलाई समान दृष्टिकोणले हेर्ने गर्दछु ।
अन्य राजनीतिक दलहरुबाट कस्तो सहयोग पाउनु भएको छ ?
पहिलदेखीे सबै राजनीतिक दलहरुबाट रचनात्मक सहयोग मागेको थिए । उहाँहरुले पनि रचनात्मक सहयोग गरिरहनु भएको छ । जुन पार्टीबाट निर्वाचित भएपनि अब मेरा लागि सबै एउटै हुन । वडाको विकासमा सबैसंग साझेदारी गर्ने हो । यसको फल भोलीको पिडिले पाउने भएको हुँदा विकासमा राजनीति गर्न हुँदैन । मेरो वडामा सबैसंग मिलेर काम भएको छ । प्रदेश सांसद, मेयर सबैसंग राम्रो सहकार्य छ । वडाको विकासका लागि सबैसंग सहकार्य गर्दै आएको छु ।

भावि योजना के छन् ?
वडाको विकासका अधुरो काम पुरा गर्ने नै मुख्य योजना हो । बाटो, पानी, स्वास्थ्य, शिक्षाका क्षेत्रमा काम गर्ने हो । वडाको लागि खानेपानी विभागबाट यस वर्ष १८ करोडको बजेट आएको छ । विद्यालयको भौतिक सुधार गर्ने । स्वास्थ्यमा प्रत्येक टोलमा घुम्ती सेवा सुरु गरेका छौं । सार्वजनिक जग्गालाई पार्क, खेलकुद मैदान हरियाली बनाउने, धार्मीक मठमण्दिरको संरक्षण गर्ने लगायतका काम गछौं । वडामा कागतीको विरुवा वितरण गरौं । यसले वडामा सानो भएपनि उत्पादनमा मद्दत पुग्योस भन्ने हो । वडाको हरेक क्षेत्रमा विकासको आधार बनाउने काममा लागि रहेका छौं । सबै पुरा गर्न नसकेपनि जग बसाउने अभियानमा छौं ।
अन्त्यमा ?
हामी सबै मिलेर वडाको विकास गर्ने भएको हुँदा साझा धारणा बनाएर सबै मिलेर काम गरौं । भोलीको पुस्ताले हामीले गरेको कामको मुल्यांकन गर्ने छन् । राजनीति स्वार्थ भन्दा पनि विकासको स्वार्थ राख्नु पर्दछ । हामीले गरेको कामको रचनात्मक सुझाव, सल्लाह र खबरदारी गर्न सबै वडा बासीमा अनुरोध गर्दछु ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij