२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद विक्री सुरु

प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद विक्री सुरु

1.3K
Shares

काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयरको विक्री खला भएको छ । कम्पनीले माघ २६ गतेसम्म कायम सेयरधनीहरुलाई ३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर निष्काशन गरेको छ ।

लगानीकर्ताले चैत्र २३ गतेसम्म हकप्रद भर्न सक्ने छन् । हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । हाल कम्पनीको चुक्ता पुंजी ६४ करोड १५ लाख २० हजार रहेकोमा हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij