काठमाडौं – जीवन बिमा कम्पनीहरूले आफ्नै संघ स्थापना गरेका छन् । जीवन बिमा कम्पनीहरूले संस्था दर्ता ऐन, २०३४ बमोजिम “जीवन बिमक संघ नेपाल” नामको संस्था स्थापना भएको हो । संघको कार्यसमितिमा बैंकहरूको प्रमुख कार्यकारी अधिकृतहरू छन् । अध्यक्ष भने सूर्या लाइफका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे छन् । यस्तै मेट लाइफका प्रमुख कार्यकारी अधिकृत निर्मलकाजी श्रेष्ठ उपाध्यक्ष तथा सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल सचिव छन् ।
संघको कोषध्यक्ष रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली छन् भने सदस्यहरूमा राष्ट्रिय बिमा संस्थानका प्रमुख कार्यकारी अधिकृत कविप्रसाद पाठक, युनियन लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण, रिलायवल नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी, सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र ज्योति लाइफका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्री छन् ।
संघले जीवन बिमा व्यवसाय तथा सोको विकाससँग सम्बन्धित नीति नियम तर्जुमा गर्ने, कार्यान्वयन गर्ने कार्यमा नियामक निकायलगायत नेपाल सरकारका अन्य निकायलाई जीवन बिमासँग सम्बन्धित आवश्यक सरसल्लाह एवं सुझाव उपलब्ध गराई सहयोग पु¥याउने उद्देश्य लिएको छ ।
यसैगरी, नेपालमा नियामक निकायबाट इजाजत लिई सञ्चालित जीवन बिमा कम्पनीहरूबीच आपसी समझदारी, सौहार्द वातावरण कायम गरी व्यवसायको संरक्षण तथा विकास गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको सदस्यता लिई नेपालको जीवन बिमा व्यवसायको विकासमा सहयोग पु¥याउने, जीवन बिमा व्यवसायसँग सम्बन्धित बुलेटिन आदि प्रकाशन गर्ने÷गराउने, अन्तर्राष्ट्रिय बिमा संघ र सामाजिक संघ–संस्थाको आवश्यकताअनुसार सदस्यता ग्रहण गर्ने, जीवन बिमा व्यवसायलाई देश विकासको मेरुदण्डको रूपमा विकास गर्न अन्य आवश्यक कार्यहरू गर्ने आदि उद्देश्य संस्थाको रहेको विज्ञप्तिमार्फत जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij