२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा उद्यमी रविभक्त श्रेष्ठ चयन

युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा उद्यमी रविभक्त श्रेष्ठ चयन

1.9K
Shares

काठमाडौं– युनाईटेड ईन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी यस कम्पनीको संस्थापक शेयरधनी एन.ई गु्रप प्रा.लि.का अध्यक्ष समेत हुन् ।

बिमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम माघ ९ गते अध्यक्ष श्रेष्ठले बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिई पदभार ग्रहण गरेका छन् ।

अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी सफलतापूर्वक वहन गरिसकेका छन् ।

देशको अर्थतन्त्रप्रति गहिरो रूचि राख्ने अध्यक्ष श्रेष्ठ नेपालको निजी क्षेत्रको प्रतिविम्ब मानिन्छन् ।

अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पु¥याउन आफु प्रतिवद्ध रहेको बताए । कुशल व्यवस्थापकीय क्षमताका कारण समाजमा ख्याती कमाएका भएका श्रेष्ठले संचालक समिति र सम्पूर्ण सेयरधनीहरूबीच सुमधुर सम्वन्ध विस्तार गरि युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट बिमा कम्पनीका रूपमा स्थापित गर्नुहुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij