पोखरा- सिद्धार्थ इन्स्योरेन्सको पोखरामा प्रादेशिक कार्यालयको उद्धघाटन गरिएको छ। बीमा समितीका अध्यक्ष चिरञ्जीवी चापागाँईले उक्त कार्यालयको उद्धघाटन गरेका हुन्।
सो समारोहमा अध्यक्ष चापागाँईले व्यवसाय वृद्धिसंगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिए। कार्यक्रमका सभापति एवं कम्पनीका सञ्चालक पवन कुमार अग्रवालले अहिलेसम्म गण्डकी प्रदेशका ११ वटा जिल्लामध्ये ८ वटा जिल्लामा ११ वटा शाखा सञ्जालमार्फत स्तरीय बीमा सेवा प्रदान गर्दै आएको बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij