अर्घाखाँची – सिटिजन लाइफ इन्स्योरेन्सले अर्घाखाँचीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँइ र कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले संयुक्त रुपमा गरेका हुन् ।
कम्पनीले अर्घाखाँची लगायत आसपासका बासिन्दाहरुलाई स्थानीय स्तरमा नै सहज र सरल किसिमले बीमा शुल्क भुक्तानी, बीमा दाबी, बीमा योजनाहरु सम्बन्धी जानकारी लगायतका विभिन्न जीवन बीमा सेवाहरु उपलब्ध गराउने उद्देश्यले आफ्नो १ सय ६ औँ शाखा अर्घाखाँचीमा सञ्चालनमा ल्याइएको जनाइएको छ ।
बीमा समितिका अध्यक्ष चापागाँइले समाजमा छरिएर रहेको स–सानो बचतलाई बीमा शुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका काम गर्दै जाने तथा आर्थिक उन्नतिमा समेत मद्दत मिल्ने बताए ।
उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत कवि फुयाल, प्रमुख सुनिल पोखरेल, सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसाल,उपप्रमुख ठाकुर कुमार वि.क, शाखा प्रमुख लक्ष्मण मरासिनी, गुल्मी शाखा प्रमुख दिपक पोखरेल,व्यावसाय विकास संयोजक राजेन्द्र पन्थी लगायत प्रतिष्ठित व्यक्तिहरुको पनि उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij