काठमाडौं– पूर्वाधार क्षेत्रमा लगानी जुटाउने मुख्य उद्देश्यका साथ संचालनमा आएकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ करोड कित्ता आइपीओ ल्याउने भएको छ । बैंकको मंसिर २९ गते बस्ने साधारणसभामा आइपीओ निष्कासन गर्ने तथा पुँजी वृद्धि गर्ने प्रस्ताव गर्न लागेको हो ।
चुक्ता पूँजी २० अर्ब पुर्याउने प्रस्ताव समेत साधारणसभामा पेश हुने जनाइएको छ । गत असोजसम्ममा बैंकको सञ्चित कोषमा ९७ करोड ४८ लाख रुपैयाँ रहेको बैकको नाफा १८ करोड ५८ लाख रुपैयाँ छ ।
सरकारको १० प्रतिशत शेयर रहेको बैंकमा बीमा कम्पनीहरुको १८.९७, वाणिज्य बैंकहरुको २०.८९, निजी तथा सार्वजनिक कम्पनीहरुको ५.१५, व्यक्तिगत ४.९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व छ ।
बैकले कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा रहेको करुवा सेती हाइड्रोपावरमा लगानी गरेको छ । जुन परियोजना ३२ मेगावाट उत्पादन क्षमताको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij