२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मर्जरमा संलग्न वित्तीय संस्थाको शेयर कारोबारमा कडाइ

मर्जरमा संलग्न वित्तीय संस्थाको शेयर कारोबारमा कडाइ

1.3K
Shares

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा संलग्न बैंक तथा वित्तीय संस्थाको शेयर कारोबारमा केही कडाइ गरेको छ । केन्द्रीय मर्जर तथा प्राप्तिमा संलग्न बैंक तथा वित्तीय संस्थाका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव, व्यवस्थापन तथा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिलाई पदमा रहँदा तथा पदबाट अवकाश भएको १ वर्षसम्म शेयर कारोबार गर्न रोक लगाइएको छ ।
मंगलबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकले यी व्यक्तिहरुले आफू सम्बद्ध वित्तीय संस्था वा सहायक कम्पनीको शेयर आफ्नो, परिवारका सदस्य वा अन्य कुनै पनि व्यक्ति, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई किनबेच गर्न गराउन, गर्न दिन, धितोबन्धक राख्न, राख्न लगाउन वा दान बकस लिन, दिन हस्तान्तरण गर्न वा लेनदेन गर्न नपाइने व्यवस्था गरेको छ ।

तर यो व्यवस्था बैंक तथा वित्तीय संस्था आपसमा गाभिँदा वा एउटा बैंक तथा वित्तीय संस्थाले अर्कोलाई प्राप्ति गर्दा विलय भएर जाने संस्थाको हकमा भने लागू नहुने राष्ट्र बैंकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij