२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश पारित

नेसनल लाइफ इन्स्योरेन्सको लाभांश पारित

1.9K
Shares

काठमाडौं – नेसनल लाइफ इन्स्योरेन्सकोे ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा कम्पनी अध्यक्ष श्रीमती प्रेमा सिंहले आव २०७४/७५ मा कम्पनीले अवस्था सन्तोषजनक प्रगति गरेको बताउँदैसो वर्ष कूल रु. ६४४.७४  करोड बीमाशुल्क संकलन भएको र रु.२०५ करोड कूल दावी भुक्तानी गरेको एवम् ४७ करोडको खुद मुनाफा आर्जन गरेको जानकारी दिइन ।
३१ औं वार्षिक साधारण सभाले आव २०७४/०७५ को लागि चुक्ता पूंजीको २.५ प्रतिशत बोनस शेयर जारी गर्ने र हाल कायम रहेको चुक्ता पूँजीमा १२ प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्ने, वोनस शेयर वापतको कर प्रयोजनको लागि नगद लाभांश प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij