२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश दिने

चिलिमे जलविद्युत कम्पनीले २५ प्रतिशत लाभांश दिने

1.2K
Shares

काठमाडौँ –  चिलिमे जलविद्युत कम्पनीले गतवर्षको मुनाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सोमबार बसेको संचालक समितिको ३६४ औं बैठकले उक्त लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले २० प्रतिशत बराबर हुने ९५ करोड १६ लाख २७ हजार १५६ रुपैयाँ बोनस शेयर र ५ प्रतिशत बराबर हुने २३ करोड ७९ लाख ६ हजार ७८९ रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ।

चिलिमेको ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७८२ रुपैयाँ चुक्ता पूँजी छ। कम्पनी सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश आगामि वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयर धनिलाई वितरण गरिने छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij