२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबी लघुवित्तले कार्तिक २४ देखि हकप्रद शेयर निष्काशन गर्ने

एनएमबी लघुवित्तले कार्तिक २४ देखि हकप्रद शेयर निष्काशन गर्ने

755
Shares

काठमाडौं– एनएमबी लघुवित्त वित्तीय संस्थाले कार्तिक २४ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले १५० प्रतिशत हकप्रद शेयर १ः१.५ को अनुपातमा निष्काशन गर्न लागेको हो ।

कम्पनीले २४ करोड ३० लाख रुपैयाँ बराबरको २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद बिक्री गर्ने छ। कात्तिक ७ गते बुक क्लोज गर्ने भएकाले ६ गतेसम्म शेयर किन्ने शेयरधनीले मात्रै हकप्रदमा सहभागी हुन सक्नेछन्।

हकप्रद शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij