काठमाडौं– सिटिजन लाइफइन्स्योरेन्स कम्पनीले होटल हिमालयमा बुधबार आफ्नो दोश्रो वार्षिकसाधारण सभा सम्पन्न गरेको छ ।
उक्त सभामा सर्वसाधरणको हितमा विभिन्न विषयहरुमा छलफल हुनुका साथै विभिन्न प्रस्तावहरु पारित भएका छन् ।
पारित प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४÷०७५ को वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण स्वीकृत भएको छ ।
त्यसै गरी उक्त सभामार्फत कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्तिगर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ । यसै सभाबाट कम्पनीकोे सञ्चालक समितिको रिक्त एक पदमा दिपप्रकाश पाण्डे निर्विरोध निर्वाचित हुनुका साथै सर्वसाधारणहरुको लागि रु ७५ करोडको शेयर सार्वजनिक निष्काशन समेत गर्ने निर्णय समेत पारित गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij