२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एनआरएनए आईसीसीको कोषाध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठको प्रतिबद्धताहरु

एनआरएनए आईसीसीको कोषाध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठको प्रतिबद्धताहरु

3.6K
Shares

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ उम्मेदवारी दिएका छन् । उनले राष्ट्रपुकार संग कुरौ गर्दै संस्थालाई आर्थिक रुपमा बलियो बनाउनको लागि नै उम्मेदवार भएको बताएका छन् ।

महेशकुमार श्रेष्ठका प्रतिबद्धता
•  वार्षिक ८ करोड रुपैयाँ संकलन हुने गरी गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने
•    आर्थिक हिसाबकिताब अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजिटलाइज गरिनेछ। संघको अनुमानित वार्षिक आय-व्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइटमार्फत सार्वजनिक गरिने छ।
•    संघको काठमाडौंस्थित सचिवालयको खर्चमा मितव्ययिता अपनाई अझ व्यवस्थित बनाइने छ। साथै आर्थिक स्थायित्वको लागि आवश्यक नयाँ नीति तर्जुमा गर्ने।
•    एनआरएनए केन्द्रीय महाधिवेशन एवं क्षेत्रीय बैठकमा हुने खर्च तथा संघले सञ्चालन गर्ने परियोजनामा गरिने खर्चहरुमा मितव्ययिता, पारदर्शिता एवं आर्थिक अनुशासन कायम गर्ने।
•    सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गर्ने
•    १० अर्बको संयुक्त लगानी कोष स्थापना गरी थोरै आम्दानी हुने गैरआवासीय नेपालीले पनि लगानी गर्न सक्ने वातावरण तयार गर्ने
•    खेलकुद अनि नेपाली भाषा, साहित्य र कला, संस्कृतिलाई विशेष प्राथमिकता क्षेत्रमा राखिने गरी युवा, महिला तथा दोस्रो पुस्तापछिका गैरआवासीय नेपालीहरुको समस्या, चुनौती र अवसरका बारेमा गहन अध्ययन गरी स्वेतपत्र जारी गर्ने
•    भिजन २०२० एन्ड बियोन्ड एनआरएनका लागि मार्गदर्शक सिद्धान्त हो। विश्वभर छरिएर रहेका विभिन्न पेशा, वर्ग, क्षेत्र र विभिन्न समुदायका ६० लाखभन्दा बढी गैरआवासीय नेपालीहरुको साझा संगठनका रुपमा एनआरएनएलाई अघि बढाउन यसको सांगठनिक संरचनामा आवश्यकता अनुरुप परिवर्तन र परिमार्जन गर्ने लगायतका छन्।

https://youtu.be/5c6gdLl9miY

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij