काठमाडौँ -जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रति शेयर १०० रुपैयाँ अंकित दरको ३० लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
सो शेयर निष्काशन सम्बन्धी सम्झौता–पत्रमा जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक एस.के.टमोट र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन्।
जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी २ अर्व रुपैयाँ, जारी पूँजी १ अर्व रुपैयाँ र चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई शेयर निष्काशन गरी बाँडफाँट गरेपछि कम्पनीको चुक्ता पूँजी १ अर्व हुनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij