एशियन लाइफ इन्स्योरेन्सद्वारा खैरेनीका अभिकर्ता सम्मानित

रुपन्देही – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवाले अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७५।७६ मा उत्कृृष्ट व्यवसाय गर्ने अभिकर्ता तथा वि.एम हरुलाई खैरेनीको होटल ओम दर्शन पाटी प्यालेसमा एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।
एशियन लाइफ इन्स्योरेन्सका मुख्य प्रबन्धक कृष्ण कुमार पुरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि त्यस क्षेत्रकी जनप्रतिनिधि देवी अधिकारी थिईन ।
उक्त कार्यक्रमको संचालन भैरहवा प्रमुख सुवास सेन ओलीले गरेका थिए । साथै विभिन्न विधामा उत्कृष्ट हुने अभिकर्ता तथा वि.एमहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । साथै उक्त कार्यक्रममा अघिल्लो आ.व ७५७६ मा १ करोड प्रथम बीमाशुल्क दिने अभिकर्ता गोमा भट्टराईलाई विशेष सम्मान गरिएको थियो ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology