काठमाडौ- नेपाल इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्सको बिहीबार बसेको सञ्चालक समिति बैठकले आफ्ना शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।
इन्स्योरेन्सले २०७४ ७५ को मुनाफाबाट उक्त बोनस शेयर दिने भएकोे हो । सञ्चालक समितिले प्रस्ताव गरेको यस प्रस्तावलाई कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्रै शेयरधनीले सो बोनश शेयर पाउने छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij