२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एलआईसीको संचालक समितिको अध्यक्षमा एमआर कुमार नियुक्त

एलआईसीको संचालक समितिको अध्यक्षमा एमआर कुमार नियुक्त

1.2K
Shares

काठमाडौं–लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संचालक समितिको अध्यक्षमा एम.आर. कुमार नियुक्त भएका छन् । कम्पनीको संचालक समिति बैठकले जेठ २ गतेबाट लागू हुने गरि यस बीमकको संचालक समितिको अध्यक्षमा कुमार लाई नियुक्त गरिएको हो ।

यस अघि संचालक समितिको अध्यक्षमा हेमन्त भार्गवले यस बीमकको संचालक समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

नव नियुक्त अध्यक्ष एमआर कुमार एलआईसी अफ इण्डियाको बर्तमान अध्यक्ष पनि छन् । एलआईसी अफ इण्डियाको अध्यक्ष नै एलआईसी नेपालमा पनि संचालक समितिको अध्यक्ष रहने परिपाटी रहेको छ ।

उनी बीमा क्षेत्रमा एक अनुभवी व्यक्तिको रुपमा परिचित छन् । उनीसँग ३६ बर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव रहेको छ । उनले एलआईसी अफ इण्डियामा सन् १९८३ मा अधिकृत स्तरबाट सेवा शुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij