वीरगञ्ज-वीरगञ्जमा अजोड इन्स्योरेन्स लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले वीरगञ्ज शाखा कार्यालयको उद्घाटन गरेका हुन्।
कम्पनीका डेपुटी सीईओ सुरेन्द्र थापाले वीरगञ्ज आर्थिक नगरी भएकाले यो शाखा फलदायी हुने र वीरगञ्ज महानगर लगायत औद्योगिक प्रतिष्ठानसँगै गाउँ शहरमा पनि यस कम्पनीले कारोबार गर्ने लक्ष्य लिएको बताए।
कम्पनीका सञ्चालक राजेन्द्रप्रसाद कायस्थको सभापतित्व र वीरगञ्ज क्षेत्रीय शाखाका प्रबन्धक हुलास यादवको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिले निर्जीवन बीमाको शिक्षा गाउँगाउँसम्म नपुगेको बताए ।
२०६४ साल चैत २० गते कम्पनी रजिष्टरमा दर्ता भई २०७४ साल माघ २४ गते बीमा समितिबाट १९औं निर्जीवन बीमा कम्पनीको रूपमा कारोबार शुरू गरेको यस कम्पनीले देशभरमा १५ स्थानमा बीमा काउण्टर खोली कारोबार गरिरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij