२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्या लाईफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस सेयर दिने

सूर्या लाईफ इन्स्योरेन्सले १२ प्रतिशत बोनस सेयर दिने

1.7K
Shares

काठमाडौं– सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको बैशाख २७ गते सम्पन्न बैठकले चुक्ता पूँजी एक अर्ब १३ करोड १९ लाख १२ प्रतिशत बराबरको १३ करोड ५८ लाख २८ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीलाई वितरण हुनेछ । बोनस पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २६ करोड ७७ लाख २८ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij