२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एशियन लाइफ इन्स्योरेन्सको उप शाखा रुपन्देहि फर्साटिकरमा

एशियन लाइफ इन्स्योरेन्सको उप शाखा रुपन्देहि फर्साटिकरमा

1.8K
Shares

रुपन्देहि- एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रुपन्देहिको फर्साटिकरमा उप शाखा विस्तार गरेको छ । शाखा कार्यालयको उद्घाटन सुद्धोधन गाउँपालिका अध्यक्ष किशुन चन्द चौधरीले गरेका छन् ।

कार्यक्रममा बोल्दै जीवन बीमाका विषयमा जनचेतनाकको अभाव रहेको भन्दै अध्यक्ष चौधरीले गाउँगाउँमा जीवन बीमाका बारेमा प्रचार प्रसार गर्नुपर्ने अवस्यकता औलाए । उनले अन्य निजीवन बीमाको पनि सुविधा हुने गरी बीमा विस्तार गर्न पनि आग्रह गरे ।

फर्साटिकर शाखाका प्रमुख उमेश ज्ञवालीको अध्यक्षता अभिकर्ता गोविन्द पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । १ सय ६ वटा शाखा तथा उपशाखा कार्यालयहरु रहेको एसियनमा साढे सात लाख ग्राहक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij