२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता

महालक्ष्मी लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकबीच सम्झौता

1.4K
Shares

कामना सेवा विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच आइतबार संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने गरी सम्झौता भएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसायप्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij