२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एशियन लाईफ इन्स्योरेन्स र सनराइज बैंकबीच सम्झौता

एशियन लाईफ इन्स्योरेन्स र सनराइज बैंकबीच सम्झौता

1.2K
Shares

काठमाडाैं- सनराइज बैंकबाट एशियन लाईफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच उक्त सेवा सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले सयुक्त रुपमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार सनराइज बैंकले देश भर रहेका १ सय ४ वटा शाखाहरुबाट एशियन लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री छ ।

हालसम्म बैंकले मुलुकभर १ सय ४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १ सय १९ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij