२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गणपति माइक्रोफाइनान्सको आजदेखि आइपीओ बिक्री खुला

गणपति माइक्रोफाइनान्सको आजदेखि आइपीओ बिक्री खुला

2.5K
Shares

काठमाडौं–गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले आजदेखि आइपीओ बिक्री खुला गरेको छ ।

प्रतिसेयर १०० रुपैयाँ दरको ३ लाख ३५ हजार कित्ता मध्ये ५ हजार १ सय ७५ कित्ता कम्पनीका कर्मचारीका लागि, १६ हजार ७ सय ५० कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाड गरिएको छ । बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता सेयर भने सर्वसाधारणका लागि विक्रि खुला गरिएको छ । न्युनतम १० कित्ता देखि अधिकतम १५ सय कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।

यस सेयरका लागि आवेदन दिने अन्तिम समय बैशाख १२ गतेसम्म हो । यदि यस समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने जेठ ७ गतेसम्मका लागि आवेदन खुला गरिनेछ ।

यसको बिक्रि प्रबन्धक एनआइविएल एस क्यापिटल हो । यस आइपिओका लागि क्रेडिट रेटिङ गर्ने संस्था केयर रेटिङ नेपालले ग्रेड ४ दिएको छ । ग्रेड ४ ले औसत भन्दा कमजोर आधारहरु जनाउँदछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij