काठमाडौं–बैंक अफ काठमाडौंले संचालनमा ल्याउन लागेको नयाँ बचत खाता योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाइ जीबन बिमा तथा घातक रोग उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा ज्योति लाईफ इन्स्योरेन्स र बैंक अफ काठमाडौंबीच सम्झौता सम्पन्न भएको छ ।
उक्त सेवा अन्तर्गत बैंक अफ काठमाडौंका ग्राहकहरुको कुनै पनि कारणले हुने मृत्यु तथा १५ वटा घातक रोगहरु मध्ये कुनै पनि रोग लागेको प्रमाणित भएमा उपचार खर्च वापत बिमाङ्क वापतको रकम भुक्तानी गरिनेछ ।
यस सम्झौताबाट बैंक अफ काठमाडौंका उल्लेखित बचत योजनाका ग्राहकहरुले बैंकिङ्ग सेवाका अतिरिक्त ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको उच्च स्तरिय बिमा सेवा निशुल्क प्राप्त गर्नेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij