काठमाडौं – सनराइज बैंक लिमिटेड र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ । बैंक र कम्पनीबीच भएको बैंकान्स्योरेन्स सम्झौता अनुसार बैंकका सम्पूर्ण शाखा मार्फत कम्पनीको जीवन बीमा योजनाहरm बिक्री गर्न सक्ने छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले सो सम्झौतामा हस्ताक्षर गरेका छन । बैकले १ सय ४ शाखा, २८ शाखारहित बैंकिङ सेवा, ४ एक्सटेन्सन काउण्टर, १ सय १९ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij