लुम्बिनी जनरल इन्स्योरेन्सले हकप्रद बिक्रि गर्ने

काठमाडौँ –- लुम्बिनी जनरल इन्स्योरेन्सले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले १०:२ को अनुपातमा २० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको हो ।

कम्पनीको बैशाख ५ गते बिहिबार बसेको संचालक समितिको बैठकले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । उता प्रस्ताव पारित गर्न कम्पनीले बैशाख २५ गते बिशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले बिशेष साधारण सभा प्रयोजनको लागि बैशाख १५ गते बुक क्लोज गर्ने भएको छ । बैशाख १४ गतेसम्म कायम शेयरधनीले मात्र बिशेष साधारणसभामा भाग लिन सक्ने छन् ।

हाल कम्पनीको चुक्ता पुंजी ८८ करोड रहेकोमा २० प्रतिशत हकप्रदपछि चुक्ता पुंजी १ अर्ब ५ करोड ६० लाख पुग्ने छ ।

© 2019 arthanepal.com All right reserved Site By : SobizTrend Technology