२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनकपुरमा अजोडको नयाँ शाखा

जनकपुरमा अजोडको नयाँ शाखा

1.3K
Shares

काठमाडौं -अजोड इन्स्योरेन्स लिमिटेडले जनकपुर शाखा कार्यालयको उद्घाटन गरेको छ । कम्पनीका संचालक राम बहादुर गुरुङ्ग तथा प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको उपस्थितिमा प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजयकुमार यादवले संयुक्त रुपमा जनकपुर शाखा कार्यालयको उद्घाटन गरका छन् ।

शाखा कार्यालय उद्घाटन समारोहमा संस्थाका नायब कार्यकारी अधिकृत सुरेन्द्र थापाले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावीकार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे ।

कार्यक्रमलाई समापन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रीले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा संचालनमा रहेको र संस्थाले निर्जिवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु सर्वसाधारण, संघ संस्था, कलकारखानामा तथा कम्पनीहरुलाई छिटो र छरितो तरिकाले उपलब्ध गराउन यस शाखाको स्थापना गरिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij