काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल र युनाइटेड इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट इन्स्योरेन्स कम्पनीको निर्र्जीवन बीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवा लिन सक्नेछन्।
यसबाट छिटो, छरितो र सहज रुपमा बीमा सम्बन्धी सेवाहरु प्राप्त गर्न सक्ने बैंकको भनाइ छ।बैंकका देसचरि ८१ शाखा, ७५ वटा एटिएम र ९९ शाखा रहित बैंकिङ एकाई छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij