२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गुराँस लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

गुराँस लाइफ इन्स्योरेन्स र गरिमा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

1.1K
Shares

काठमाडौं -गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र गरिमा विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ।

सम्झौता अनुसार बैंकका सवै साखाबाट इन्स्योरेन्सको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा प्रदान गरिने छ।

सम्झौतामा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरे।

बैंकका ग्राहकले कुनैपनि शाखाबाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन्। गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij