२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी लाईफ र सिटिजन बैंकविच सम्झौता

महालक्ष्मी लाईफ र सिटिजन बैंकविच सम्झौता

1.2K
Shares

काठमाडौं – सिटिजन्स बैंकले महालक्ष्मी लाइफको बीमा सेवा प्रदान गर्ने भएको छ । उक्त बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्भौतामा दुई संस्था बीच हस्ताक्षर भएको हो । उक्त सम्झौतामा सिटिजन्स बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतासँगै सिटिजन्स बैंकका ग्राहकहरुले देशभर रहेका जुनसुकै शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् । जसमा जीवन बीमा पोलिसि खरिद गर्ने, प्रिमियम रकम बुझाउने, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सम्बन्धी सेवाहरु बैंकले प्रदान गर्ने छ ।

बैंकले देशैभर ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख सेवाग्राहीलार्ई आधुनिक बैंकिङ सुेवा प्रदान गरिरहेको छ । भने सेवालाई अझै प्रभावकारी बनाउन सात वटै प्रदेशमा प्रादेशिक कार्यलय स्थापना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij