२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

एलआईसी नेपालको धनवृष्टि योजना सार्वजनिक

एलआईसी नेपालको धनवृष्टि योजना सार्वजनिक

1.9K
Shares

काठमाडौं लाईफ इन्स्योरेन्स (कर्पोरेशन) नेपालले ‘धनबृष्टि धनफिर्ता बीमा योजना’ बजारमा ल्याएको छ । विहीबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले यो योजना सार्वजनिक गरेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले योजनाको औपचारिक शुभारम्भ गरे ।

यस योजनामा १३ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरु सहभागी हुन सक्नेछन् । प्रत्येक तीन/तीन बर्षमा बीमांक रकमको निश्चित रकम फिर्ता हुने यस योजनाको न्यूनतम बीमाङ्क रकम १ लाख रुपैयाँ कायम गरिएको छ । त्यस्तै अधिकत्तम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि १० वा १५ बर्षको हुनेछ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ वर्षमा बीमाङ्कको ३३ प्रतिशत रकम फिर्ता हुन्छ भने १५ वर्षे अवधिमा हरेक ३ वर्षमा बीमाङ्कको १५ प्रतिशत रकम फिर्ता हुँदै जान्छ ।

बीमा परिपक्वतामा अन्तिम फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जित बोनस रकम एकसाथ प्रदान गरिन्छ । यदि बीमा अवधिमा बीमितको निधन भएमा बीचमा धनफिर्ता गरिएको रकम कट्टा नगरी पुरै बीमाङ्क रकमको साथ आर्जित बोनस रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिन्छ । योजनामा अधिकतम् ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभ समेत उपलब्ध छन् । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।

विहीबार आयोजित कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी. दासले बीमितले आफनो रकमको तरलता चाहने व्यक्तिको लागि यो योजना उपयोगी हुने बताए । यस योजनामा बीमितले तीन÷तीन वर्षमा नै आफुले लगानी गरेको बीमाशुल्कको ठुलो हिस्सा फिर्ता प्राप्त गर्ने हुँदा आफ्नो लगानी रकम आफैसँगै रहने र साथमा एलआईसी नेपालको जीवन बीमा पनि पाइने भएकोले ग्राहकहरुलाई यो ‘धनवृष्टि’ योजन खरिद गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij