२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन बैंकद्धारा दुर्घटना मृत्यु बीमा रकम प्रदान

हिमालयन बैंकद्धारा दुर्घटना मृत्यु बीमा रकम प्रदान

1.8K
Shares

काठमाडौं– हिमालयन बैंकले दुर्घटना मृत्यु बीमा रकम स्व.खनाल पत्नीलाई बीमा रकम वापत ५ लाख प्रदान गरेको छ । बैंकको कावासोती शाखाले सवारी दुर्घटनामा परि निधन भएका ग्राहक स्व. रविराज खनालकी धर्मपत्नी श्रीमती गीता खनाललाई उक्त खाताको “दुर्घटना मृत्यू बिमा” वापत प्राप्त हुने ५ लाख हस्तान्तरण प्रदान गरेको हो ।
बैंकले आफ्ना सम्पूर्ण खातावालाहरुको रु. ५ लाख सम्मको निशुल्क दुर्घटना मृत्यू बिमा गरिदिएको छ । बैंकका शाखा प्रबन्धक आत्माराम गौतमले उक्त बीमा वापतको रकम शाखा कार्यालयको हातामा शाखाका अन्य पदाधिकारीहरु तथा शिखर इन्स्योरेन्सका प्रतिनिधी यम काफ्लेको उपस्थितीमा मृतककी श्रीमती गीता खनाललाई हस्तान्तरण गरे ।

मृतककी श्रीमती गीता खनालले पतिको असामयिक निधनले परिवारमा ठूलो क्षति र पीडा पुर्याएको बखत बैंकको यस सहयोगले केही मात्रामा भए पनि आर्थिक राहत दिएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij