२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ बैंकबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र मुक्तिनाथ बैंकबीच सम्झौता

1.5K
Shares

काठमाडौं–आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेड बीच बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रबन्धक शरण रेग्मी तथा मुक्तिनाथ विकास बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत द्धय तिलबहादुर गुरुङ तथा गोविन्दबहादुर राउतको उपस्थिति रहेको थियो ।
सम्झौता भए पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका मुक्तिनाथ विकास बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij